arrow

एमालेको मतगणना जारी, केन्द्रीय कमिटी बैठक सौराहामै हुने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
uml-10th-sauraha.jpg

सौराहा । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराहामै हुने भएको छ । नयाँ नेतृत्वका लागि मतगणना कार्य जारी छ । एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार मतपरिणाम सार्वजनिक भएगत्तै सपथग्रहण र केन्द्रीय कमिटी बैठक बस्नेछ । 

सौराहमा जारी महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको दिउँसो १ बजेपछि मतगणना शुरु भएको हो । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार मतगणना शुरु गरेको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए । 

एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो । महाधिवेशनमा दुई हजार ९२ जनाले मतदान गरेका उनले बताए । एमाले महाधिवेशनमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए । महाधिवेशनअन्तर्गत विभिन्न ५० पदका लागि मतदान भएको थियो । 

निर्विरोध निर्वाचित भएका पदबाहेक ५० पदमा ८० जनाको उम्मेदवारी परेपछि ती पदमा मात्रै मतदान गराइएको दाहालले बताए । महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरुका लागि मतदान गरिएको थियो । 

खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्यसहित केही समावेशी पदमा मतदान भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ