arrow

सर्वाधिक मतसहित अष्टलक्ष्मी शाक्य एमालेको उपाध्यक्ष, ओली इतर गुटका सबै पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
astalaxmi-shakya.JPG

सौराहा । नेकपा एमालेको दशौं महाधिवेशनबाट अष्टलक्ष्मी शाक्य सर्वाधिक मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएकी छिन् । चितवनको सौराहामा भएको १०औँ महाधिवेशनमा भएको मतदानमा शाक्यले १ हजार ९७६ मत ल्याएर निर्वाचित भएकी हुन् । उपाध्यक्षमा रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, युवराज ज्ञवाली निर्वाचित भएका छन् । पाण्डेले १९२५, नेम्वाङले १८६५, पौडेलले १८५६, ज्ञवालीले १८४२ र बादलले १७६८ मत ल्याएका छन् । 

तर, एमालेका निवर्तमान उपमहासचिव घनश्याम भुषाल भने उपाध्यक्षमा पराजित भएका छन् । उनले ७२५ मत मात्रै पाएका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले भुषालबाहेक ६ जनालाई उपाध्यक्षमा प्रस्ताव गरेका थिए । उपाध्यक्षमा नसमेटिएका भुषालले उम्मेदवारी दर्ता गराएका थिए ।

ओली इतरका सबै पराजित भएका छन् । यसअघि अध्यक्षमा डा. भीमबहादुर रावल भारी मतले पराजित भए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ