arrow

एमाले सचिवमा ओलीका सबै विजयी, इतरका पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
uml-10th-yogesh-bhattarai12.jpg

सौराहा । एमाले १०औँ महाधिवेशनबाट पाँच जना सचिव विजयी भएका छन् । सौराहामा भएको महाधिवेशनको मतगणनाको अन्तिम नतिजाअनुसार सचिवका उम्मेदवार टोपबहादुर रायमाझी, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट र गोकर्ण विष्ट विजयी भएका हुन् । 

विजयी हुने विष्टले १९७६, भट्टराईले १९६४, अर्यालले १८००, विश्वकर्माले १८००, भट्टले‍‍ १७०४, रायमाझीले १७०० र  महासेठले १५१३ मत ल्याए । 

सचिवका प्रत्यासीद्वय भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् । आचार्यले १३०० मत र कार्कीले ५०० मत ल्याए । 

अध्यक्ष केपी शर्मा ओली गुट बेगरका सबै पराजित भएका हुन् । उपाध्यक्षमा घनश्याम भुषाल र अध्यक्षमा डा.भीमबहादुर रावल पराजित भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ