arrow

जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते, चालकसहित एक यात्रु फरार 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
accident-final.jpg

गलकोट । बागलुङको काठेखोला गाउँपालिका–१ पालामा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन घाइते भएका छन् । मध्यपहाडी लोकमार्गको बागलुङ–अक्षते सडकखण्डको पाला खहरेमा आज बा१८च ५६७७ नंको जीप दुर्घटना हुँदा बागलुङ नगरपालिका–७ सिमका ४५ वर्षीय श्याम शर्माको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार दुर्घटनामा बागलुङ नगरपालिका–१ रामरेखाका ४६ वर्षीय टकबहादुर बोहोरा, ४४ वर्षीय दिनेश गिरी र २५ वर्षीय अजय शिवाकोटी घाइते भएका छन् । 

घाइतेको धवलागिरि अस्पतालमा उपचार भइरहेको छ । जीपमा सात जना सवार थिए । चालक र अन्य एक यात्रु फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ