arrow

कांग्रेसको इतर पक्षले प्रदेशमा साझा उम्मेदवार खडा गर्न बनायो परामर्श टोली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
congress-14th-general-convention22252.jpg
तस्वीर–फाइल ।

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भोलिदेसिख प्रदेश अधिवेशन हुँदैछ । एकैपटक भोलिदेखि प्रदेश अधिवेशन हुन लागेको हो । तर प्रदेश २ मा भने जिल्ला अधिवेशनसमेत नसकिएकाले प्रदेश अधिवेशन हुने छैन ।

आकांक्षीहरुको नाम धमाधम आइरहेको छ । यसैबीच कांग्रेसको इतर समूहले साझा उम्मेदवार खडा गर्ने निर्णय गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका शीर्ष नेताहरुको बैठकले संयुक्त उम्मेदवार खडा गर्ने निर्णय गरेको हो । 

महामन्त्री प्रा. डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा बुधबार भएको छलफलले बिहीबारबाट हुने प्रदेश अधिवेशनमा प्रदेश समितिका उम्मेदवार टुंग्याउन सम्बन्धित प्रदेशका केन्द्रीय नेताहरुलाई जिम्मा दिने निर्णय गरेको हो । 

सात वटै प्रदेशमा प्रदेश अधिवेशनका उम्मेदवार तोक्न केन्द्रीय नेताहरुलाई जिम्मेवारी तोकेको हो । बैठकले प्रदेश अधिवेशनमा पौडेल समूहबाट साझा उम्मेदवारी दिने निर्णयसमेत गरेको छ । बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, दीपक गिरी, गगनकुमार थापा लगायतका नेताहरु सहभागी थिए । 

केन्द्रीय सदस्यहरुले सम्बन्धित प्रदेशका प्रत्यासी र नेताहरुसँग छलफल र परामर्श गरेर आवश्यक निर्णय गर्ने विश्वाससमेत बैठकले लिएको छ । 

प्रदेशअनुसार छुट्टाछुट्टै परामर्शका लागि नेताहरु तोकिएका छन् । जसमा प्रदेश १ का लागि बलबहादुर केसी, महेश आचार्य, डा. मिनेन्द्र रिजाल, डा. शेखर कोइराला, सरिता प्रसाइँ र  गुरुराज घिमिरे रहेका छन् । 

प्रदेश २ का लागि सीतादेवी यादव, रामकृष्ण यादव र किरण यादव रहेका छन् । बागमती प्रदेशका लागि प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी र गगन थापा रहेका छन् । 

गण्डकी प्रदेशका लागि रामचन्द्र पौडेल, डा. शशांक कोइराला, दिलबहादुर घर्ती, कमला पन्त र जीवन परियार रहेका छन् । 

लुम्बिनी प्रदेशका लागि दीपक गिरी र डा. चन्द्र भण्डारीलाई जिम्मा दिइएको छ । कर्णाली प्रदेशका लागि हृदयराम थानीलाई जिम्मा दिइएको छ । 

त्यस्तै सुदूरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडू र बद्री पाण्डेलाई जिम्मा दिइएको वरिष्ठ नेता पौडेलको निजी सचिवालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ