arrow

सुधारिँदै कोरोना संक्रमित प्रधानन्यायाधीश जबराको स्वास्थ्य 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १६ बिहिबार
cholendra-rana-chief-justice.jpg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ । उनी यही मंसिर १३ गतेदेखि सशस्त्र प्रहरी बल, नेपाल एपिएफ अस्पताल बलम्बुमा भर्ना भई कोभिड–१९ निमोनियाको उपचाररत छन् । 

अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन नेपालले प्रेस विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबराको स्वास्थ्य अवस्थामा सुधार आएको उल्लेख गरेका छन् । सर्वोच्च अदालतमा ३८ दिनसम्म न्यायाधीशहरु काममा गएका थिएनन् । हिजोदेखि काम शुरु भएको छ । 

नेपालको न्यायालयको इतिहासमा पहिलो पटक गोलाप्रथाद्धारा पेसी तोकिएको छ । उक्त पेसी भने उत्साहजनक नभएको बताइएको छ । 

प्रधानन्याधीश जबराले सरकारमा भाग खोजेको भन्दै नेपाल बार एसोसिएसन अझै आन्दोलित छ । नागरिक समाज पनि जोडिएको छ । 

जबरा भने सडकबाट आन्दोलन नगर्न सुझाव दिँदै कानूनी प्रक्रिया अपनाउन चुनौती दिइरहेका छन् । 

सत्तारुढ गठबन्धनले आजमात्रै कार्यबाहक तोकेर मार्गप्रशस्त गर्न आग्रह गरेको छ । गठबन्धनले जबरालाई बिदामा बसेर कार्यबाहक तोक्न सुझाव दिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ