arrow

डिस्चार्ज भए प्रधानन्यायाधीश जबरा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
cholendra-rana-chief-justice.jpg

काठमाडौं । कोरोना भाइरस संक्रमित भएपछि उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा शुक्रबार डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमित भएपछि १३ मंसिरमा अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा शुक्रबार डिस्चार्ज भएको उपचाररत अस्पताल नेपाल एपीएफ अस्पतालले जानकारी दिएको छ ।

१३ मंसिरदेखि यस अस्पतालमा कोभिड–१९ निमोनियाको लागि उपचाररत रहेका प्रधानन्यायाधीश जबरा १७ मंसिर बिहान साढे  ९ बजे स्वास्थ्य लाभ गरी डिस्चार्ज भएका अस्पातलले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । 

उनी अस्पतालबाट डिस्चार्ज भएपछि सरकारी निवास बालुवाटारबाट प्रशासनिक काममा निर्देशन दिने बुझिएको छ । तर पाँच दलीय सत्तारुढ गठबन्धनले भने बिदा लिएर कार्यबाहक दिन आग्रह गरेको छ । 

जबराले सरकार गठनमा हस्तक्षेप गरेको भन्दै नेपाल बार एसोसिएसनबाट चर्को आलोचना खेपेका छन् । सर्वोच्च अदालतका अरु न्यायाधीशहरुले पनि उनलाई बेवास्ता गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ