काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि मतगणना जारी रहेको छ । गए राति सकिएको मतदानपछि तत्कालै मतगणना थालिएको थियो ।
पछिल्लो गणना अनुसार राजेन्द्र लिङ्देन अगाडि छन् भने उनलाई कमल थापाले पछ्याइरहेका छन् । शुरुआतदेखि नै लिङ्देनले अग्रता लिइरहेका छन् ।
तीन हजार मत गन्दा लिङ्देनले एक सय बढी मतले अग्रता बनाएका छन् । राप्रपा नेता मोहन श्रेष्ठका अनुसार २ हजार ९६४ मत गन्दा लिङ्देनको १ हजार ३७१ र थापाको १ हजार २५४ मत आएको छ । ३३९ मत भने बदर भएको छ ।