- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को महामन्त्रीमा कुन्तीकुमारी शाही विजयी भएकी छन् । नायिका समेत रहेकी रेखा थापा पराजित भएकी छन् ।
आइतबार विहान प्राप्त मत परिणाम अनुसार विजयी भएकी शाहीले २००८ मत ल्याइन । थापाले १६४० मत मात्र प्राप्त गरिन् ।
राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवार बनेकी थापाले शाहीमाथि गम्भीर आरोपहरु लगाउँदै सार्वजनिक अभिव्यक्ति दिएकी थिइन ।
शाहीले १८ बर्षसम्म पार्टीको महत्वपूर्ण भूमिकामा रहँदा केही काम गर्न नसकेको थापाले आरोप लगाएकी थिइन ।
त्यस्तै शाहीले फिल्म खेल्न जस्तो सजिलो राजनीति गर्न नहुने भएकाले राजनीतिलाई निरन्तरता दिएर देखाउन थापालाई चेतावनी दिएकी थिइन ।