arrow

राप्रपामा फुलीको शक्तिः दुई पूर्वआईजीपी र एक पूर्वजर्नेल विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
rpp-flag-crowed-ktm.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । राजेन्द्र लिङ्देनले बाजी मारेका छन् । उनले लामो समयसम्म राप्रपाको बागडोर सम्हालेका कमल थापालाई पराजित गरेका छन् । 

नयाँ कमिटीमा नेपाल प्रहरीका दुईजना पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) र एक जना नेपाली सेनाका पूर्व जर्नेल निर्वाचित भएका छन् ।

पूर्वआईजीपी ध्रुवबहादुर प्रधान कमल थापा प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरी पूर्वआईजीपी रवीन्द्रप्रताप शाह पुरुष तथा महिला खुल्ला ५७ जनामा १७ सय ४५ मतसहित चौथो नम्बरमा केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।  

त्यसैगरी पूर्वजर्नेल तथा स्पेनका लागि पूर्वनेपाली राजदूत भरतबहादुर रायमाझीले ३४औं ११०९ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ