arrow

अन्य पार्टीहरुले पुस्ता हस्तान्तरणको प्रक्रिया राप्रपाबाट सिकुन: राजेन्द्र लिङ्देन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
rpp-election-rajendra-linde.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमालेलगायतका पार्टीहरुले हाम्रो अधिवेशनबाट सिक्नुपर्ने बताएका छन् ।

नेतृत्व हस्तान्तरणको बैधानिक व्यवस्था नभए पनि एउटै पदमा बर्षौंसम्म बस्ने मानसिकता त्याग्न राप्रपाबाट सिक्नुपर्ने धारणा राखेका हुन् ।

नवनिर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘कांग्रेस र एमालेमा भएका मेरा दौंतरीहरु पुस्तान्तरणका लागि आँट गर्न सक्नुभएको छैन । हामीले आँट गरेर देखायौं ।’ उनले अब पुस्तान्तरणको अभियानलाई राप्रपाले नेतृत्व गरेर जाने पनि बताए ।

आगामी दिनमा हिन्दु राष्ट्र, राजसंस्था पुनस्थापना र संघीयता खारेजीको मुद्दा कहा ओझेल पर्यो आगामी दिनमा पार्टीमा समिक्षा गरिने बताए । विगतको समिक्षा गर्दै भविश्यको मार्गनिर्देशन तयार गरी पार्टी अघि बढ्ने प्रण पनि गरे ।

नवनिर्वाचित अध्यक्ष लिङ्देनले सके निर्वाचन नत्र सदन त्यतिले नभए सडकबाट आफ्नो मान्यता स्थापित गरेर देखाउने बताए । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनीसहित अधिकांश नेता तथा कार्यकर्ताहरु उपस्थित थिए । तर कमल थापा भने उपस्थित भएनन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ