arrow

सुदूरपश्चिमका सभापति बलायरले भने- पार्टीलाई एकढिक्का बनाएर लैजान्छु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
balayer1.jpg

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित सभापति वीरबहादुर बलायरले कांग्रेस पार्टीलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । 

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित सभापति बलायरले आइतबार यहाँ सञ्चारकर्मीसँगको कुराकानीमा फरक धारमा देखिएका नेतासमेतलाई मिलाएर अघि बढ्ने बताए । 

उनले कांग्रेसका माध्यमबाट नेपाली जनता र नेपालको भविष्य खोज्नुपर्ने बताए । 

सभापति बलायरले भने, “हाम्रा विमति होलान् तर विमतिको सजाय कांग्रेसले भोग्न नपरोस् भन्ने कुरामा हामी सचेत छौँ र त्यही बाटोबाट पार्टीलाई अगाडि लैजान्छौँ ।” 

उनले अगामी निर्वाचनमा एकजुट भएर जनताको मन मस्तिष्कमा बस्न अहम् भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ