arrow

मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमतिपछि अवरुद्ध पूर्व पश्चिम राजमार्ग सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
prithvi-highway.jpg

कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ बङ्क नजिक पूर्व पश्चिम राजमार्गमा भारतीय नम्बर प्लेटको जिपको ठक्करबाट मृत्यु भएका व्यक्तिका आफन्तले क्षतिपूर्तिको माग राख्दै आइतबार बिहानदेखि अवरुद्ध गरेको सडक सञ्चालनमा आएको छ ।

भारतीय डिएल १७ सी ४७५४ नंको जिपको ठक्करबाट पैदल यात्री अन्दाजी ६५ वर्षीय तारानाथको मृत्यु भएपछि बिहानदेखि स्थानीय बासिन्दाले सडक अवरुद्ध गरेका थिए ।

जिप सञ्चालक र पीडित परिवारबीच भएको छलफलमा क्षतिपूर्ति रकम उपलब्ध गराउने सहमति भएपछि सडक सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए ।

जिपको ठक्करबाट मृत्यु भएका परिवारलाई तत्काल किरिया खर्चबापत रु ५० हजार रकम उपलब्ध गराउने र क्षतिपूर्तिबापत बिमाले तोकेअनुसारको रकम उपलब्ध गराउने सहमति भएपछि अवरुद्ध सडक सञ्चालनमा आएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ