रसुवा । आगामी निर्वाचनपछि नेकपा माओवादी केन्द्र पुनः मोटाउने प्रवक्ता कृष्णबहादुर महराले बताएका छन् । रसुवाको प्रथम सम्मेलनमा प्रवक्ता महराले यस्तो बताएका हुन् ।
महराले भने,' अहिले माओवादी दुब्लाएको जस्तो देखिएको छ तर आगामी निर्वाचनमा विसं २०६४ कै अवस्थामा फर्कनेछ । आगामी निर्वाचनमा नेकपा माओवादी पहिलो दल हुनेछ ।'अन्य दलमा जस्तो यस दलमा आन्तरिक कलह नभएको बताउँदै उनले पार्टी पहिलो हुने दाबी गरे ।
उनले टुक्रिएर गएका डा बाबुराम भट्टराई, वैद्य, विप्लव लगायत पुनः माओवादी फर्कने आश्वासन देखाए ।