arrow

बैतडीमा जीप दुर्घटना : चार जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २० सोमबार
Baitadi-hamrakura.jpg

बैतडी । बैतडीमा सोमवार साँझ जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । 

पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका-१ सकार थलीमा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा पाटन नगरपालिका-१ सकारका १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, ठेगाना नखुलेका २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विक रहेका इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।  

दुर्घटनामा पाटन नगरपालिका-१ सकारका ओमप्रकाश भट्टराई, जानकी भट्टराई, दीपक भट्टराई, मानध्वज भट्टराई, विष्णु भट्टराई र गोविन्द विक घाइते भएका छन् । मृतक र घाइते सबैलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । जीपमा चालकसहित ११ जना सवार रहेका प्रहरीले जनाएको छ ।   

जीप सडकबाट १०० मिटर तल खसेको थियो । चालक पाटन- ५ वसन्तरपुरका खेमराज पाण्डेय फरार छन् । कच्ची र भिरालो सडकका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ