एमालेले अरूका आलोचना र सुझावलाई ग्रहण गर्छ : सचिव भट्टराई
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
831
Shares
काठमाडौँ । नेकपा (एमाले) ले रुका आलोचना र सुझावलाई ग्रहण गर्ने सचिव योगेश भट्टराईले बताएका छन् । सचिव भट्टराईले एमालेले पार्टीभन्दा बाहिरको वृत्तलाई पनि नेतृत्व गर्ने पार्टी भएकाले यसले अरूका आलोचना र सुझावलाई ग्रहण गर्ने बताए ।
पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनका लागि गठित केन्द्रीय प्रचार समितिद्वारा मङ्गलवार आयोजित समीक्षा भेलालाई सम्बोधन गर्दै उनले एमाले, नेपाली कांग्रेसजस्ता ठुला पार्टी नै विगतमा पनि मुलुकलाई सङ्कटबाट जोगाउँदै आएको जनाए ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले महाधिवेशनको सफलताले एमालेलाई नयाँ उचाइमा स्थापित गरेको जिकिर गरे भने अर्का केन्द्रीय सदस्य विष्णु रिजालले महाधिवेशनको प्रचारकार्य व्यवस्थित भएको जनाए ।