arrow

पूर्वराजाले नयाँ पार्टी खोले हुन्छ नत्र व्यापार गरेर बसे हुन्छ: माधव नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
madhav kumar-nepal0.jpg

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले नेपालमा प्रतिगामी तत्वहरुले फेरि शीर उठाउने कोशिस नगर्न चेतावनी दिएका छन् ।

नेपालको राजनीतिमा कालो बादल मडारिन खोजिरहेको उल्लेख गर्दै अध्यक्ष नेपालले सावधान रहन आग्रह गरे । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै नेपालले नेपालमा राजतन्त्रको कुनै भविष्य नभएको पनि बताए ।

नेपाली जनता फेरि ज्वालामुखी झैं मेचीदेखि महाकालीसम्म अघि बढ्न तयार रहेको उल्लेख गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई एउटा राजनीतिक पार्टी खोल्न सुझाव दिए । उनले भने ‘राजाले पनि एउटा नयाँ पार्टी खोले हुन्छ । होइन भने एउटा व्यापार गरेर बसे हुन्छ ।’

नेपालको रक्षा नेपाली जनताले गर्न सक्ने भएकाले राष्ट्रियताको रक्षा, लोकतन्त्र सुदृढ गर्ने काम जनता आफैंले गर्ने जनाए । अध्यक्ष नेपालले सामाजिक समानता, विकास र समृद्धीको यात्रामा सबै मिलेर अघि बढ्नुपर्ने भएकाले पार्टीमा रहेका विकृती पन्छाउनुपर्ने बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ