arrow

नेपाली विद्यार्थीहरूलाई चिनियाँ प्रतिबन्ध, पूरा हुन पाएन एमबिबिएस अध्ययन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
mbbs protest china student.jpg

काठमाडौँ। चीनमा कोरोना महामारी फैलिएपछि जीवन जोगाउन स्वदेश फर्किएका नेपाली विद्यार्थीहरूलाई चीनले फेरि प्रवेश नदिँदा करिब पाँच सय विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ। नेपालमा इन्टर्नसिप गर्न नपाएका उनीहरूलाई चीनले प्रवेश नदिँदा उनीहरूको एमबिबिएसको पढाइ अपूरो भएको छ। 

नेपाल मेडिकल काउन्सिलले एमबिबिएसका विद्यार्थीले इन्टर्नसिप गरेपछि मात्र चिकित्सकको लाइसेन्सका लागि आवेदन दिन पाउने व्यवस्था गरेको छ। कोभिड महामारीको समयमा नेपाल आएका विद्यार्थीलाई पुनः विश्वविद्यालय फर्कने वातावरण चीन सरकारले नबनाउँदा समस्या बढ्दै गएको विद्यार्थी र सम्बद्ध निकायका अधिकारीहरू बताउँछन्।

विश्वविद्यालय बिदा भएका बेला नेपाल आएका उनीहरूले  ‘कोर्स पूरा गरेको १८ महिना भइसके पनि इन्टर्नसिप गरेर डाक्टरको प्रमाणपत्र लिन पाएका छैनन्। शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र काउन्सिलका पदाधिकारीले भने सन् २०१४ का विद्यार्थीले पूरा गरे पनि २०१५ र २०१६ का विद्यार्थीको कोर्स पूरा हुन बाँकी रहेको बताएका छन्।

अहिले १ सय ३६ जना मात्रै सम्पर्कमा आए पनि दुई ब्याचका गरी ३ सय हाराहारीमा विद्यार्थी थप हुन सक्ने अनुमान गरिएको छ। यी विद्यार्थी चीनका विभिन्न विश्वविद्यालयमा एमबिबिएस अध्ययनरत थिए।

यसअघि, २०१४ ब्याचका एक सय ९३ जना विद्यार्थी पनि इन्टर्नसिप पूरा नगरी नेपाल फर्केका थिए। उनीहरूको समस्या समाधान नहुँदै २०१५ र २०१६ ब्याचका करिब ३ सय विद्यार्थी नेपाल फर्केर अलपत्र छन्। २०१४ का विद्यार्थीलाई नेपाल मेडिकल काउन्सिलले नेपालमा नै इन्टर्नसिप गर्ने व्यवस्था मिलाउने भए पनि त्यसयताका विद्यार्थीको पढाइ अनिश्चित छ।

२०१५ र २०१६ का विद्यार्थीले पनि नेपालमा नै इन्टर्नसिप पूरा गर्न पाउनुपर्ने माग राख्दै आएका छन्। यी ब्याचका १ सय ३६ विद्यार्थीले प्रधानमन्त्री कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलमा बाँकी रहेको पढाइ नेपालमै पूरा गर्ने व्यवस्था मिलाउन ज्ञापन पत्र बुझाइसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ