सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सुदृढ हुन्छः प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
539
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नती भएको बताएका छन् ।
किरात समुदायको पर्व उधौली तथा नेवाः समुदायले मनाउने योमरी पुन्हिका अवसरमा शुभकामना व्यक्त गर्दै उनले हरेक नेपालीको पहिचान भनेको उसको परम्परागत संस्कृति भएकाले सांस्कृतिक विविधतासहितको सहिष्णुता नै नेपाली समाजको एकता भनेका छन् ।
‘नेपाली जनताको बलिदानीपूर्ण संघर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको हो । सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सुदृढ हुन्छ । समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नती हो’, शुभकामना सन्देशमा भनिएको छ ।
मुलुकको सामाजिक विकास र समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो योगदान रहँदै आएको उल्लेख गर्दै उनले पर्वहरुले सम्पूर्ण नेपाली जनसमुदायमा आपसी सद्भाव र सहअस्तित्वको भावना विकास गरुन् भन्ने शुभकामना दिएका छन् ।