arrow

ढुंगाना र बस्नेत विजयी भएसँगै नेविसंघ र तरुण दल नेतृत्वविहीन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
rajev-jitjung.jpg

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल नेतृत्वविहीन अवस्थामा पुगेको छ ।

१४औं महाधिवेशनबाट नेविसंघ अध्यक्ष राजिब ढुंगाना र तरुण दल अध्यक्ष जितजंग बस्नेत कांग्रेस केन्द्रीय सदस्यमा विजयी भएपछि दुई प्रमुख संगठन नेतृत्वविहीन अवस्थामा पुगेको हो ।

कांग्रेसको विधानमा व्यवस्था भए अनुसार दुवै अध्यक्ष स्वतः पदमुक्त भएका हुन् । उनीहरु दुवै जना खुल्ला तर्फबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

कांग्रेस विधानको दफा ४२ को उपदफा १ मा भातृ संघको पदाधिकारी वा सदस्य पार्टीको कुनैपनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनीत भएमा भातृ संघको पद रिक्त हुने व्यवस्था छ ।



नयाँ