arrow

२१ हजार विद्यार्थीलाई विद्यालयमै पुगेर मोडर्ना खोप 

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७८ पुष ५ सोमबार
khop-darchula-moderna.jpg

दार्चुला । बालबालिकालाई लक्षित गरी आजदेखि कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका जिल्लाका अनुमानित २१ हजार ३३२ बालबालिकालाई मोडर्ना खोप लगाइने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । 

दार्चुलाका लागि बिहीबार प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रबाट १५ हजार ६०० डोज खोप प्राप्त भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए । पहिलो चरणमा पुस ५ गतेदेखि पुस ८ गतेसम्म अमेरिकी कम्पनीद्वारा निर्मित मोडर्ना खोप सामुदायिक विधालयमा नै गएर विधार्थीहरुलाई लगाइने खोप सुपरभाइजर वीरेन्द्रप्रसाद भट्टले बताए ।

भट्टका अनुसार जिल्लाका १४७ विद्यालयका विद्यार्थीलाई खोप लगाइने छ । जसका लागि जिल्लामा १३६ खोप केन्द्र कायम गरिएको तथा २७२ स्वास्थ्यकर्मी परिचालन गरिएका छन् । 

जिल्लामा बालबालिकाका लागि अपुग ५ हजार ७३२ डोज मोडर्ना खोप माग गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । मोडर्ना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने जनाइएको छ तर तत्काल लगाउनका लागि कम तापक्रममा राख्न सकिन्छ ।

तीन ठाउँबाट नियमित खोप
जिल्लामा तीन ठाउँबाट नियमित खोप अभियान सन्चालन गरेर कोरोनाविरुद्दको खोप दिइने भएको छ । अहिले नेपाल(भारत जोड्ने खलंगा पुलघाटबाट नियमित रुपमा खोप लगाइदैछ । 

शुक्रबार जिल्ला कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिका संयोजक एवं निमित्त प्रमुख जिल्ला अधिकारी मोहन सिह धामीको अध्यक्षतामा बसेको बैठकले थप दुई ठाउँबाट नियमित खोप सेवा संचालन गर्ने निर्णय गरेको थियो । 

जसअनुसार जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालबाट सार्वजनिक बिदाको दिन बाहेक १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्दको खोप लगाइने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ