arrow

७ करोड वर्ष पुरानो डाइनसोरको भ्रूण सुरक्षित फेला पर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ७ बुधबार
dinosaur1.jpg

काठमाडौं । वैज्ञानिकहरूले सुरक्षित रूपमा रहेको ६ करोड ६० लाख (करिब ७ करोड) वर्ष पूरानो डाइनसोरको भ्रूण फेला परेको घोषणा गरेका छन् । 

कुखुराको जस्तै आफ्नो अण्डाबाट बाहिर निस्कने तयारीमा रहेको उक्त भ्रूण दक्षिणी चीनको गान्झोउमा फेला परेको अन्वेषकहरूले बताएका छन् ।

दाँतविहीन थेरोपोड  डाइनसोर अथवा ओभिराप्टोरोसौर प्रजातिको यो डाइनसोरको भ्रूणलाई अन्वेषकहरूले बेबी यिंगलिआङ नाम दिएका छन् ।

बर्मिंघम विश्वविद्यालयका अनुसन्धानकर्ता डा फिओन वैसुमले 'इतिहासमा फेला परेको डाइनसोरको भ्रूण मध्ये यो सबैभन्दा राम्रो' रहेकाे बताएका छन् ।

यसबाट हालका चरा र डाइनसोरबीचको अन्तरसम्बन्धबारे थप जानकारी हासिल हुने बताइएको छ । योभ्रूणचराको चल्लाहरू अण्डाबाट बाहिर निस्किने बेलाको अवस्थामा झैं रहेको पाइएको छ ।

ओभिराप्टोरोसोर अर्थात् प्वाँख भएका डाइनसोरहरू १० करोड देखि करिब ६ करोड ६० लाख वर्षअघि अहिलेको एसिया र उत्तर अमेरिकामा बसोबास गर्ने गरेको अनुमान छ ।

अझैं ढुङ्गामाथि रहेको डाइनसाेरको भ्रूणको कङ्काल

टाउकोदेखि पुच्छरसम्म २७ सेन्टिमिटर लामो यो भ्रूण १७ सेन्टिमिटर लामो अण्डाभित्र रहेको छ । यो अण्डा सुरुमा सन् २००० मै फेला परेको थियो ।

तर, अहिले म्युजियमको पुनर्निर्माण क्रममा पुराना जीवाश्महरू क्रमबद्ध गरिँदा अनुसन्धानकर्ताहरुले अण्डाभित्र भ्रूण रहेको हुनसक्ने आशङ्का गरेपछि यो फेला परेको हो ।

डाइनसोरको भ्रूणको आधा भाग अझैं ढुङ्गामाथि रहेको छ । अनुसन्धानकर्ताहरूले यसको पूर्ण कङ्कालको चित्र बनाउन आधुनिक स्क्यानिङ प्रविधिकाे प्रयोग गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ