arrow

आन्दोलनबाटै हिन्दु राज्य र राजसंस्था : राजेन्द्र लिङ्देन

logo
शरद रेग्मी,
प्रकाशित २०७८ पुष ८ बिहिबार
lingden.PNG

दाङ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राज्य आन्दोलनबाटै स्थापित हुने बताएका छन् । रिपोटर्श क्लब दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘हामीले आन्दोलनबाटै वा निर्वाचनबाट राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राज्यको स्थापना गर्ने छौं, तर हाम्रो आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने छ’, रिपोटर्श क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उनले भने । यसकालागि नेपाली जनता आतुर रहेको पनि उनको अभिव्यक्ति थियो ।

त्यसै गरी कांग्रेस महाधिवेशनमा आफुले बोलेको अभिव्यक्तिका विषयमा उनले कुनै प्रतिक्रिया दिएनन् । ‘कांग्रेस महाधिवेशनमा मैले बोलेका कुराहरूको प्रतिक्रियाका विषयमा मैले प्रतिवाद गर्न चाहन्न, त्यो त जनताले स्वयम प्रतिवाद गरिसकेका छन्’, साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले भने । त्यसै गरी अहिले चर्चामा रहेको एमसीसीका विषयमा पनि राप्रपाले चाँडै आफ्नो आधिकारिक धारणा बनाउने उनले स्पष्ट पारे ।

‘एमसीसी पहिले संसद्मा टेबुल होस, यसका विषयमा व्यापक छलफल होस, त्यसपछि मात्रै आवश्यकता अनुसार धारणा बनाउन सकिन्छ’, उनले भने । 

मुलुकमा धेरै महत्त्वाकाङ्क्षी विकाश निर्माणका योजनाहरूले गति लिन नसकेको अवस्थामा यति सानो जम्मा ५५ अर्को परियोजनामा यति धेरै टीकाटिप्पणी पनि आवश्यक नभएको उनले बताए । 

‘यति सानो सहयोगले पनि मुलुकको स्वाभिमान, राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रिय अखण्डतामा आँच आउनु हुँदैन भन्ने हाम्रो मान्यता हो’उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ