काँग्रेस केन्द्रीय समितिमा देउवाको ८१ प्रतिशत भन्दा बढीको पकड
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ८ बिहिबार
1.6k
Shares
फाइल तस्बिर
काठमाडौँ। नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनको काम सकिएको छ। बाँकी रहेको मतगणना बिहीबार सकिएसँगै १४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनले पूर्णता पाएको हो। काँग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि २७ गते निर्वाचन भएको थियो।
काँग्रेसले मङ्सिर २४ गते राजधानीको पार्टी कार्यालयमा महाधिवेशन उद्घाटन गरेको थियो। सभापतिको मतगणना त्यही गरेको काँग्रेसले पदाधिकारीसहित केन्द्रीय सदस्यको मतगणना भने पार्टी कार्यालय सानेपामा गरेको थियो। सभापति चयनका लागि दुई चरणमा मतदान भएको थियो, देउवा सभापतिमा दोस्रो कार्यकालका लागि विजयी भएका थिए।
काँग्रेसमा १३४ पदका लागि निर्वाचन भएको थियो। निर्वाचनमा ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।
एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सह महामन्त्री सहित १३४ पदमध्ये सभापति शेरबहादुर देउवा पक्षले दुई तिहाइ भन्दा बढी पदमा जित हात पारेको छ। पदाधिकारी र केन्द्रीय सदस्य गरी देउवा पक्षका १०९ उम्मेदवार विजयी भएका छन्। इतर पक्षबाट जम्मा २३ जना मात्र निर्वाचित भएका छन्।
यस हिसाबमा केन्द्रीय कार्यसमितिमा देउवा पक्षको ८१ दशमलव ३४ पुगेको छ।
सभापतिले अब ३३ जना केन्द्रीय सदस्य समावेशिताको आधारमा थप गर्न पाउने छन्।
१४ औँ महाधिवेशनबाट को को भए विजयी?
पदाधिकारी
सभापति – शेरबहादुर देउवा
उपसभापति – पूर्णबहादुर खड्का र धनराज गुरुङ
महामन्त्री– गगन थापा र विश्वप्रकाश शर्मा
सह महामन्त्री– महालक्ष्मी उपाध्याय ‘डिन’, जीवन परियार, बद्री पाण्डे, फरमुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, किशोरसिंह राठोर, महेन्द्र यादव, उमाकान्त चौधरी
महिला खुलातर्फ (९ जना)
डिला सङ्ग्रौला, पुष्पा भुसाल, आरजु राणा देउवा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाईँ, रमा कोइराला पौडेल, सुशीला ढकाल आचार्य, रंगमति शाही ।
आदिवासी जनजाति (७ महिलासहित १५ जना)
चिनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, आङ्गेलु शेर्पा, तारामान गुरुङ, टेकप्रसाद गुरुङ, सीता गुरुङ, अन्जनी श्रेष्ठ, सरस्वती बजीमय, गङ्गा लक्ष्मी, माया राई, सीता राना र सुशीला थिङ ।
खस आर्य (६ महिलासहित १३ जना)
केशवकुमार बुढाथोकी, गोविन्द बहादुर शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की, गेहेन्द्र गिरी, मञ्जु खाँण, प्रतिमा गौतम, नानु बास्तोला, कान्तिका सेजुवाल, चम्पादेवी खड्का र विद्यादेवी तिमिल्सिना ।
दलिततर्फ (४ महिलासहित ९ जना)
मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, हरिशरण नेपाली, नृपबहादुर वड, मैकुलाल वाल्मीकि, लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विक ।
मधेसीतर्फ (४ महिलासहित ९ जना)
अजयकुमार चौरसिया, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय, विनोदकुमार चौधरी, दिनेशकुमार यादव, नागिना यादव, मञ्जुकुमारी यादव, मिनाक्षी झा र मुक्ताकुमारी यादव ।
थारुतर्फ (२ महिलासहित ४ जना)
रामजनम चौधरी, योगेन्द्र चौधरी, कल्पना चौधरी र जीवन राना ।
मुस्लिमतर्फ (१ महिलासहित ३ जना)
अब्दुल रज्जाक, अब्दुल सतार र जवेदा खातुन ।
अल्पसङ्ख्यकतर्फ (१ जना)
प्रदीपकुमार सुनुवार
अपाङ्गता भएकातर्फ (१ जना)
मदनकृष्ण श्रेष्ठ
पिछडिएको क्षेत्रतर्फ (१ जना)
अर्जुनबहादुर सिंह
हरेक प्रदेशबाट १ महिलासहित ३–३ गरी २१ जना
प्रदेश १: अमृत अर्याल, राजीव कोइराला र महेन्द्रकुमारी लिम्बू
प्रदेश २: रमेश रिजाल, आनन्द ढुङ्गाना र चित्रलेखा यादव
बागमती: राजेन्द्रकुमार केसी, ध्यानगोविन्द रञ्जित र उर्मिला नेपाल केसी
लुम्बिनी: देवेन्द्रराज कँडेल, चन्द्रबहादुर केसी र शिला शर्मा खड्का
गण्डकी: ध्रुव वाग्ले, कृष्णचन्द्र पोखरेल र सरस्वती अर्याल तिवारी
कर्णाली: कर्णबहादुर बुढा, राजीव विक्रम शाह र जानकी सिंह
सुदूरपश्चिम: यज्ञराज जोशी, रणबहादुर रावल र सुशीला मिश्र भट्ट