arrow

ज्ञानी र अज्ञानीको उत्तरदायित्व

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ९ शुक्रबार
buddha-squral-story.JPG

एक दिन बुद्ध सुन्दर कमलका फूलहरू फुलेको तलाउको छेउमा बसेर हावा खाइरहेका थिए । सुन्दर कमलको, फूलले उनलाई अत्यधिक आकर्षित गर्दा उनी त्यसै बस्न सकेनन्, उठेर तलाउको एकदम किनारमा गएर फूलको सुगन्ध पान गर्न थाले । त्यही समय देव कन्याको आवाज आयो-'तिमीले केही नदिई यस फूलहरूको सुगन्ध पान! गरिरहेका छौ? यो चोरी कर्म हो, तिमी सुगन्ध चोर हौ।'

बुद्ध उनको कुरा सुनेर अचम्मित भए । त्यही समय एक व्यक्ति आए र तलाउमा पसेर निर्दय पूर्वक कमलको फूलहरू तोड्न थाले। धेरै बेरसम्म उनले फूलहरू तोड्दै रगडेर फ्याँकिरहे, तर कसैले उनलाई रोक्न त परै रह्यो! एक शब्द केही भनेन ।

तब बुद्धले ती कन्यालाई भने, 'देवी!!  मैल त कवल सुगन्ध पान मात्र गरेको थिएँ. फलहरू चोरेको त थिइन, टिपेको पनि थिइन, फेरि पनि तिमीले मलाई चोर भन्यौ, अनि यो मानिसले कति निर्दय पूर्वक फूलहरू तोड्दै  रगडेर तलाउ अस्वच्छ र नराम्रो बनाइरहेको छ, तर तिमीले उसलाई केही भनिरहेको छैनौ, किन?'

तब ती देव कन्याले गम्भीर भएर भनिन्, 'हे तपस्वी! लोभ र तृष्णाहरूमा डुबेको सन्सारी मानवले धर्म र अधर्म छुटाउन सक्तैन, अतः तिनीहरूमाथि धर्मको रक्षाको भार  छैन । तर जो धर्मरत छ, सत्-असत्‌को ज्ञाता छ, नित्य पवित्रता र महानताको निम्ति सतत प्रयत्नशील छ, ऊ अलिकति पनि! पथ भ्रष्ट भयो भने ठुलो अनिष्ट हुन जान्छ।'

उनले भनिन्,'अतः ज्ञानीको उत्तरदायित्वको तुलना अज्ञानीको उत्तरदायित्वसँग गर्न सकिँदैन। यसर्थ जसमाथि समाजलाई दिशा र प्रेरणा दिने उत्तरदायित्व छ, उनको सा-सानो आचरण पनि शुद्धतम हुन पर्दछ।'



नयाँ