arrow

नवनिर्वाचित कांग्रेस पदाधिकारी र सदस्यहरुलाई निर्वाचित भएको प्रमाण पत्र 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १० शनिबार
deuba-cwc-certificate-2078.jpg
तस्बिर : रासस

काठमाडौं । कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा नेपाली सदस्यहरुले निर्वाचित भएको प्रमाण पत्र ग्रहण गरेका छन् ।

प्रमाण पत्रमा सम्बन्धित व्यक्तिको विवरणका रुपमा जिल्लाको नाम र क्रियाशील सदस्यता नम्बर उल्लेख गरिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित समारोहमा केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रमाण पत्र वितरण गरेका हुन् ।

कार्यक्रमको शुरुमा सभापति शेर बहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई प्रमाण पत्र वितरण गरियो ।

त्यसपछि अन्य पदाधिकारी र सदस्यहरुलाई क्रमश प्रमाण पत्र वितरण गरिएको छ ।  समारोहमा निर्वाचन समितिका सदस्यहरुले निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई खादा र माला लगाइदिएका थिए ।

प्रमाण पत्रमा निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरे, सदस्यहरु तेजबहादुर रावल, सीताराम केसी, एगराज पोखरेलको हस्ताक्षर छ । प्रमाण पत्र वितरणपछि पहिलो केन्द्रीय समिति बैठक बस्ने भएको छ । 

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ