arrow

नवनिर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक: के-के भए निर्णय ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १० शनिबार
nepal-icongress-ccmember-certificate-2078.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक शनिबार बसेको छ । पार्टी कार्यालय सानेपामा निर्वाचितहरुलाई प्रमाण पत्र वितरणपछि करिब १५ मिनेट मात्र बैठक बसेको थियो । बैठकले केही निर्णय पनि गरेको छ ।

बैठकमा सभापति शेर बहादुर देउवाले क्रिसमस डेको शुभकामना दिंदै राष्ट्रिय सभा निर्वाचनका लागि भोलि आइतबार दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने बताए । बैठकले १४औं महाधिवेशनमा विभिन्न ठाउँबाट आएर नेपाली कांग्रेसलाई शुभेच्छा प्रकट गर्ने राजनीतिक दलका नेता, अधिवेशन सफल पार्न खटिने निर्वाचन समिति, शुभेच्छुक तथा संचारमाध्यमहरुलाई धन्यवाद प्रकट गरेको महामन्त्री गगन थापाले संचारकर्मीहरुलाई जानकारी दिएका छन् ।

त्यस्तै बैठकले नेपाली कांग्रेसको तर्फबाट खडा गरिने उम्मेदवारहरुको पार्टी सभापति देउवाको हस्ताक्षर प्रयोग गर्ने कार्यादेश दिने निर्णय पनि गरेको छ । पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने संकल्प पनि गरिएको छ ।

बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने प्रयोजनका लागि पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेललाई दलको तर्फबाट आधिकारिक रुपमा हस्ताक्षर गरेर दलको सबै विवरण बुझाउने र अध्यावधिक गर्ने जिम्मा दिने निर्णय गरेको छ ।

संवैधानिक व्यवस्थाअनुसार साढे ५ वर्षभित्र महाधिवेशनबाट नयाँ कार्यसमिति आएकोबारे निर्वाचन समितिमा बुझाउने नियम छ । १४ औं महाधिवेशनबाट कांग्रेसमा १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ