- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर । पाँचथरको उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात भएको छ । उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । शनिबार बेलुका वर्षात् सहित हिमपात सुरु भएको हो । जिल्लाका फालोट, चारराते, चिवाभञ्याङ लगायतका क्षेत्रमा हिउँ परेका बताइएको छ ।
हिमपातका पाँचथरका उच्च पहाडी क्षेत्रको जनजीवन कष्टकर भएको छ । हिमपात भएको कारण चिवा भञ्जाङ, चारराते, याङवरको लामपोखरी क्षेत्रमा रहेका सिमा सुरक्षाको लागी बसेको शसस्त्र प्रहरीहरुलाई समेत सीमा सुरक्षामा कष्टकर भएको छ ।
उच्च पहाडी क्षेत्रमा पशुपालन गर्ने पशुपालकहरुको जनजीवनसमेत प्रभावित भएको छ । उच्च पहाडी क्षेत्रमा हिमपात भए संगै सदरमुकाम फिदि सहित जिल्लाका अधिकांश क्षेत्रमा चिसो बढेको छ ।