arrow

बाँकेको जङ्गल र लक्ष्मीपुरमा भएको दुर्घटनामा दुईको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
accident-final-1618290232.jpg

बाँके। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा गए राती भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । 

गए राती १० बजेतिर घारिबथान जाने बाँके चोक नजिकै बर्दिबासबाट लालबन्दीतर्फ आउँदै गरेको ना ३४ प ७०२१ नं. को मोटरसाइकललाई नम्बर र आकार खुल्न नसकेको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुर्खेत जिल्ला घर भई हाल लाल बन्दीमा बस्दै आएका अन्दाजी ५६ वर्षका भीम गुरुङको ज्यान गएको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ । 

सो दुर्घटनामा मोटरसाइकल चालक लालबन्दी नगरपालिका-३ बस्ने ४२ वर्षीय जितन चौधरी घाइते भएका छन्। चौधरीको मोडेल अस्पताल लाल बन्दीमा उपचार चलिरहेको प्रहरीले जनाएको छ । प्रहरीले रातीदेखि नै दुर्घटनामा संलग्न सवारीको खोजी तीव्र पारेको छ । 

यसैबिच, नवलपुर-मलंगवा सडक खण्ड अन्तर्गत गए साँझ हरिपुर नगरपालिका-६, लक्ष्मीपुरमा साइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । 

बाटो काट्ने क्रममा साइकलले ठक्कर दिँदा टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी लक्ष्मीपुरकी ५५ वर्षीया सैफुल खातुनको उपचारका क्रममा राती प्रादेशिक अस्पताल जनकपुरमा ज्यान गएको प्रहरीले जनाएको छ । महिलालाई ठक्कर दिने साइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ