arrow

अफ्रिकी मुलुक सेसेल्समा नेपालीलाई रोजगारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
seychelles.PNG

काठमाडौं । अफ्रिकी मुलुक सेसेल्समा नेपालीलाई रोजगारीको अवसर खुल्ने भएको छ । सेसेल्समा  प्रहरी सेवा र निजी क्षेत्रमा पनि अवसर दिने विषयलाई लिएर नेपाल र सेसेल्सका प्रतिनिधिबीच विचार विमर्श भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि गणतन्त्र सेसेल्सका राजदूत थोमस सेल्भी पिल्लेबीच सो विषयमा कुराकानी भएको हो । 

 उनीहरूबिच नेपाली कामदारलाई सेसेल्समा रोजगारी उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकारसमक्ष प्रस्तुत श्रम सम्झौताबारे छलफल भएको थियो । 

मन्त्री श्रेष्ठले जेल सुरक्षाको लागि मात्र नभई प्रहरी सेवा र निजी क्षेत्रमा पनि अवसर दिने विषयलाई समेटेर द्विपक्षीय श्रम समझदारी गर्नुपर्नेमा जोड दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

कामदार छनोट, रोजगारी र स्वदेश फिर्तीलगायत विषयमा दुवै देशका उच्च पदाधिकारी सम्मिलित संयुक्त समिति गठन गरी टुङ्गो लगाउन उपयुक्त हुने धारणा राजदूतसमक्ष व्यक्त गरेका थिए ।

सेसेल्स सरकारले सुरक्षा गार्ड बाहेक अन्य क्षेत्रमा पनि नेपाली कामदार लैजान चाहेको जानकारी दिँदै राजदूत पिल्लेल खुला र उदार अर्थव्यवस्था भएको सेसेल्स नेपाली कामदारका लागि आकर्षक गन्तव्य हुनसक्ने बताउँदै सेसेल्स जान श्रमिकले आर्थिक लगानी गर्नु नपर्ने जानकारी दिएका थिए । उनले मन्त्री श्रेष्ठलाई सेसेल्स भ्रमणका निम्ति आमन्त्रण पनि गरेको मन्त्रालयले जनाएको छ ।



नयाँ