arrow

कन्यामको चियाबारी डाँडाबाट प्याराग्लाईडिङको मज्जा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
kanyam-para.jpg

इलाम । इलामको सूर्योदय नगरपालिकास्थित चर्चित पर्यटकीय स्थल कन्याममा प्याराग्लाईडिङ सेवा शुरु भएको छ । हरियाली चिया बगानका कारण प्रख्याती कमाएको कन्याममा पहिलो पटक प्याराग्लाईडिङ उढाउन शुरु गरिएको हो ।

पोखराबाट दुई जना दक्ष पाईलट ल्याएर कन्याम भ्यू प्याराग्लाईडिङ कम्पनीले सेवा शुरु गरेको छ । कम्पनीले दैनिक दुई वटा प्याराग्लाईडिङबाट पर्यटकलाई सेवा दिइरहेको छ ।

स्थानीय सहिद पार्कबाट उडान भरी १७ मिनेटमा कन्यामको चिया बगान घुमाएर सिद्धिखोला बेसीमा प्याराग्लाईडिङ ल्याण्ड गराउने ब्यवस्था गरिएको व्यवस्थापक ज्ञान बहादुर प्रधानले जानकारी दिए ।

कन्यामबाट दुई वटा प्याराग्लाईडिङ दैनिक तीन पटकका दरले छ पटक सेवा दिन थालिएको उनले जानकारी दिए । पोखराबाट गएका दक्ष पाइलट सुनिल थापा र महेन्द्रबहादुर भट्टराईले प्याराग्लाईडिङको उडान भराउँदै आएका छन् ।

एक हजार ६७० मिटर उचाई भएको कन्यामबाट उडाएर दुई सय मिटरमाथिसम्म प्याराग्लाईडिङ लैजाने गरिएको छ । एक जना पर्यटकबाट पाँच हजार पाँच सय रुपैंयाँ शुल्क लिने गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ