arrow

कागेश्वरी मनोहरामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १२ सोमबार
accident-final_1618120153.jpg

काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरामा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौं थली बस्ने २७ वर्षीय राजमान तामाङ रहेको छन् । 

कागेश्वर मनोहरा नगरपालिका-८ शिवचोकस्थित सडकमा बागमती प्रदेश ०२-०१७ प ९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ