arrow

कांग्रेस महाधिवेशन

महाधिवेशनका चार लोकप्रिय अनुहार जसले पाए तीन हजार बढी मत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १२ सोमबार
gagan-sashank-mukta-minakchi.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा चार अनुहार क्रमैसँग चर्चामा रहे । डा. शशांक कोइराला सभापतिको रेसबाट अलग हुँदा नै उनी अब के गर्छन् भन्ने चाँसो थियो । पछि उनी केन्द्रीय सदस्यमा चुनाव लडे । त्यो पनि शेरबहादुर देउवा, डा. शेखर कोइराला र प्रकाशमान सिंहको साझा उम्मेदवार बनेर ।

यस्तै अर्का नेता गगनकुमार थापा पनि कुन समूहबाट महाधिवेशनमा मैदानमा आउलान् भन्ने चासो थियो । अन्ततः उनी डा. शेखरको टिमबाट मैदानमा उत्रिए र महामन्त्रीमा निर्वाचित बने । महाधिवेशनमा पहिले तीन हजार मत कटाउने नेतामा थापा नै परे । थापाले ३ हजार २३ मत पाए । अर्थात् थापा पदाधिकारीमा सबैभन्दा लोकप्रिय मत पाउन सफल भए । 

त्यसपछि डा. शशांक अगाडि आए । उनले ३८ सय ३६ मत पाए । खुला केन्द्रीय सदस्यमा शशांक नै सर्वाधिक मत ल्याउनेमा परे । त्यसपछि मधेसी महिला क्लष्टरतर्फको गणनामा भने मुक्ताकुमारी यादवले सबैलाई पछि पारिन् ।

उनले महाधिवेशनमा नै सबैभन्दा बढी मत प्राप्त गरिन् । यादवले ३९ सय ६० मत प्राप्त गरेर महाधिवेशनकै चर्चाको पात्र बनिन् । उनीसमेत डा. शशांक जस्तै देउवा र कोइरालाको दुवै समूहबाट उम्मेदवारको सूचीमा परेकी थिइन् ।

मधेसी महिला क्लष्टरतर्फ मिनाक्षी झाले पनि तीन हजार मत कटाइन् । उनले ३ हजार १२ मत ल्याएकी छिन् । यी चार अनुहार जो महाधिवेशन अवधिभर कांग्रेस वृत्तमा चर्चामा रहिरहेका हुन् ।

यादव भने १२ औं र १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएकी थिइन् । १३ भदौ २०३४ मा महोत्तरीमा जन्मिएकी यादव यसअघि दोस्रो संविधान सभामा समानुपातिक सांसद थिइन् । 

पछिल्लो समय उनले राष्ट्रिय सभा सदस्य रहेर दुई वर्षे कार्यकाल बिताइसकेकी छन् । उनी २०५३ सालदेखि राजनीतिमा सक्रिय छिन् । कांग्रेसको १४ औं महाधिवेशनमार्फत विधान अनुसार १३४  जना निर्वाचित भइसकेका छन् ।

कांग्रेस विधानअनुसार अब ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्न पाउने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ