arrow

जनमत पार्टीका कार्यकर्ताले गरे सिराहामा निषेधाज्ञा तोडेर प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच झडप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १३ मंगलबार
ck.jpg

काठमाडौं । सिराहामा स्थानीय प्रशासनले निषेधाज्ञा तोडेर डा.सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।

मंगलबार दिउँसो मिर्चैयामा निषेधाज्ञा तोडेर आन्दोलनकारीले प्रदर्शन र कोणसभा गरेका छन् । सो क्रममा दोहोरो झडप समेत भएको समाचार प्राप्त भएको छ ।

जिल्ला प्रशासन कार्यालयले दुई दिनका लागि निषेधाज्ञा जारी गरेको गरेको भए पनि आन्दोलनकारीहरु सडकमा आएका हुन् । प्रदर्शनकारीले ‘जनता जनार्दन–जिन्दाबाद’, ‘किसान एकता–जिन्दाबाद’, ‘जनमत पार्टी–जिन्दाबाद’ लगायतका नारा लगाउँदै सडकमा आएका थिए ।

उक्त पार्टीले मंगलबार र बुधबारका लागि जिल्लाको मुख्य बजारहरु गौर, गरुडा, बंकुल, चपुर लगायतका ठाउँहरुमा बेलुकी मसाल जुलुस प्रदर्शन, आमहडताल र किसान जनप्रदर्शनका कार्यक्रम राखेको थियो ।

तर यता, जनमत पार्टीले विगत तीनदेखि जारी राखेको बन्द हड्तालका कारण सर्वसाधारण जोखिममा परेको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले आज मंगलबार बिहानदेखि भोलि बुधबार बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ