arrow

प्रधानमन्त्रीज्यू, नेपाल राष्ट्रको जग पृथ्वीनारायण शाहले खडा  गरेका हुन् – डा.लोहनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १३ मंगलबार
prakash-chandra-lohani.jpeg
तस्बिर– फाइल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. प्रकाशचन्द्र लोहनीले पृथ्वीनारायण शाहको जन्मदिवस सरकारले मनाउने नगरेकोप्रति जिज्ञासा राखेका छन् । उनले सामाजिक संजाल ट्वीटरमा ट्वीटमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्वोधन गर्दै नेपालको जग पृथ्वीनारायणले खडा गरेको उल्लेख गरेका छन् । 

उनले लेखेका छन्, ‘सम्माननीय  प्रधानमन्त्रीज्यू, नेपाल राष्ट्रको जग पृथ्वीनारायण शाहले खडा  गरेका हुन् । तर उनको जन्मदिन नेपाल सरकार मनाउँदैन । बिदा दिइँदैन । आफूलाई प्रजातन्त्रवादी, समाजवादी र अग्रगामी भन्ने सबै नेताहरु यसबारे मौन छन् ।’

यो भनाइमार्फत डा. लोहनीले सरकारलाई पृथ्वीजयन्ती मनाउन र उक्त दिन सार्वजनिक बिदा दिन घुमाउरो पाराले दबाबसमेत दिएका छन् । 

पृथ्वी जयन्ती यही पुस २७ गते पर्छ । विगतमा सरकारले पृथ्वी जयन्ती मनाउँदै सार्वजनिक बिदा दिने चलन थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ