arrow

६ दलको चेतावनीपछि सिराहामा हटाइयो निषेधाज्ञा, आन्दोलनकारी रिहा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १३ मंगलबार
ck.jpg

काठमाडौं । सिराहा जिल्ला प्रशासन कार्यालयले दुई दिनको लागि जारी गरेको राजमार्ग क्षेत्रमा निषेधाज्ञा ६ दलको चेतावनीपछि हटाइएको छ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा(एस)माओवादी केन्द्र, जसपा र लोसपा सिरहाले संयुक्त रुपमा चेतावनी दिएको केही घण्टामै सिरहा प्रशासनले निषेधाज्ञा फिर्ता लिएको छ। डा.सिके राउत नेतृत्वको जनमत पार्टीले चरणवद्ध आन्दोलन थालेपछि निषेधाज्ञा लगाइएको थियो ।

निषेधाज्ञा फिर्तासँगै पक्राउ परेका सबै कार्यकर्तालाई रिहाइ गरिएको छ । जनमत पार्टीले चक्काजामसहितका आन्दोलन थालेपछि प्रशासनले मंगलबार बिहान ७ बजेदेखि बुधबार साँझ ५ बजेसम्मका लागि पूर्वपश्चिम राजमार्ग र सिरहा चोहर्वा सडकखण्डको पाँच सय मिटर दायाँबायाँ लागू हुने गरी निषेधाज्ञा जारी गरेको थियो।

तर मंगलबार दिउँसो निषेधाज्ञा तोडेर जनमत पार्टीका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए । दुई दिनका लागि निषेधाज्ञा जारी गरेको गरेको भए पनि आन्दोलनकारीहरु सडकमा आएका थिए ।

मंगलबार दिउँसो छ दलले संयुक्त रुपमा जनमत पार्टीले पछिल्लो समय बन्द, हडताल, सवारी साधन तोडफोड र आजगनी गरीएको घटनाप्रती ध्यानाकर्षण भएको पनि जनाएको छ । छ दलले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘प्रहरीले विभिन्न घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेका सम्पूर्ण व्यक्तिलाई अबिलम्ब थुनामुक्त गरोस्। प्रशासनले जारी गरेको निषेधाज्ञा आदेश समेत फिर्ता लिन हामी जोडदार माग गर्दछौ विज्ञप्तीमा अगाडि भनिएको छ, ‘हाम्रो माग बेवास्ता गरि अगाडि बढे यसबाट उत्पन्न हुने परिस्थिति र परिणामको जिम्मा प्रशासन नै हुने चेतावनी दिन चाहन्छौं।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ