arrow

देउवासँगको भेटमा डा.केसीले उठाए प्रधानन्यायाधीशलाई महाअभियोग र निर्मला कुर्मी हत्या प्रकरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १५ बिहिबार
deuba-dr,kccc.jpg

काठमाडौं । डा.गोविन्द केसीले उठाउँदै आएका मागहरु सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा सकरात्मक देखिएका छन् ।

कांग्रेस महामन्त्री गगन थापाको समन्वयमा विहीबार प्रधानमन्त्री देउवासँग भएको भेटमा डा.केसीसहितको टोलीले सात बुँदे माग सम्बोधन गर्न ध्यानाकर्षण समेत गराएको छ ।

भेटका क्रममा बीपी प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्ने सम्बन्धमा भएका प्राविधिक जटिलता एक दुई दिनमा सल्ट्याई निकास दिन सम्बन्धित मन्त्रीलाई निर्देशन दिन देउवाले प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रकरणलाई सम्बोधन गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई सहयोग गर्ने र महाअभियोगका लागि सत्ता गठबन्धनसंग थप छलफल गर्ने साथै निर्मला कुर्मी हत्या प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाई जिम्मा दिन,आन्दोलनकारीसंग संवाद गरी सहमति गर्न तथा निजहरुलाई घर फर्किने वातावरण बनाउन गृहमन्त्रीलाई तत्काल निर्देशन दिन पनि देउवा तयार भएका छन् ।

भेटघाटमा डा. केसीको तर्फबाट अधिवक्ता ओमप्रकाश अर्याल, प्रितम सुवेदी, अधिवक्ता मोहना अन्सारी तथा डा.विष्णु पोखरेल समेत सहभागी थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ