arrow

लाप्चा जातीको ‘नामवन’ पर्वको अवसरमा सार्वजनिक विदा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
suryodaya.jpg

इलाम । नेपालका लोपोन्मुख लाप्चा जातीको नामवन(नयाँ बर्ष)पर्वको अवसरमा इलामको सूर्योदय नगरपालिकाले सार्वजनिक विदाको घोषणा गरेको छ ।

नगरपालिकाले पुस १९ गते सोमबार सार्वजनिक विदा दिने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत योगनिधि भट्टराईले जानकारी दिए ।

नगरपालिकाको १३३औं कार्यपालिका बैठकको निर्णय अनुसार नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु तथा नगरपालिका अन्तर्गतका शिक्षण संस्था र आकस्मिक बाहेकका सार्वजनिक निकायहरुमा सार्वजनिक विदा दिइने भएको भट्टराईले बताए ।

नेपाल सरकारद्वारा आदिवासी जनजाती प्रतिष्ठान ऐन २०५८ अनुसार सूचिकरण भएका ५९ जातिहरु मध्ये लाप्चा पनि एक हो । सरकारको वर्गिकृत पाँच सुची अनुसार लोपोन्मुख समूहको दश जाति मध्ये एकमा पर्ने लाप्चाहरुले आफ्नो चाड पर्वले बेग्लै पहिचान बोकेको ठान्छन् ।

इलाममा ३ हजार ६० जना लाप्चा समूदायका व्यक्तिहरु रहेको तथ्यांक छ । जिल्लाका सूर्योदय नगरपालिका, रोङ गाउँपालिका, इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकालगायतमा लाप्चा समूदायको बसोबास रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ