arrow

इलामकी नुमा राई ‘द भ्वाइस किड्स’को उत्कृष्ट १६ मा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
numaaa.jpg

काठमाडौं । इलाम माङसेबुङ-६ हाङतापा नागीकी नुमा राई ‘द भ्वाइस किड्स’को उत्कृष्ट १६ मा पर्न सफल भएकी छन् ।

टिम मिलनमा रहेकी नुमा शुक्रबार उत्कृष्ट २४ बाट पहिलो नम्बरमै अघि बढेकी हुन् । उनले शुक्रबारको प्रस्तुतिमा ‘दुई चुल्ठी बाटेर’ गीत गाएर स्टेज तताएकी थिइन् ।

त्यसअघि उनले लाइभ राउन्डमा ‘डाली-डाली फूल फुल्यो’ गीत गाएर निर्णायक र दर्शकको मन जितेकी थिइन् । ‘सिरिमा सिरी’ गीत गाएर उनले ब्याटल राउन्ड पार गर्दा शुभदीप पाण्डे र आयुष ढकाल पछि परेका थिए । ब्लाइन्ड राउन्डमा ‘गोठालो जाँदा’ गीत गाउँदा कोच मिलन नेवार मात्रै घुमेकी थिइन् ।    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ