काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा बार्सिलोनाले जित हासिल गर्दा रियाल मड्रिड पराजित भएको छ । रियाल गेटाफेसँग गएराति १–० को अप्रत्याशित हार बेहोर्न पुगेको हो । योसँगै रियालको अपराजित यात्रामा पूर्णबिराम लागेको हो ।
गेटाफेको जितमा एनेस युनलले नवौँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । यसअघि मड्रिड पछिल्लो पाँच अवे खेलमा अपराजित थियो ।
बार्सिलोनाले भने मयोर्कालाई १–० ले हरायो । बार्सालाई जिताउन लुक डी जोङले ४४औँ मिनेटमा हेडमार्फत निर्णायक गोल गरे ।