arrow

जित्यो बार्सा, रियाल मड्रिड स्तब्ध 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
FIIoZ1EXIAMerqZ.jpg

काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा बार्सिलोनाले जित हासिल गर्दा रियाल मड्रिड पराजित भएको छ । रियाल गेटाफेसँग गएराति १–० को अप्रत्याशित हार बेहोर्न पुगेको हो । योसँगै रियालको अपराजित यात्रामा पूर्णबिराम लागेको हो । 

गेटाफेको जितमा एनेस युनलले नवौँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । यसअघि मड्रिड पछिल्लो पाँच अवे खेलमा अपराजित थियो । 

बार्सिलोनाले भने मयोर्कालाई १–० ले हरायो । बार्सालाई जिताउन लुक डी जोङले ४४औँ मिनेटमा हेडमार्फत निर्णायक गोल गरे । 

गएरातिका अन्य खेलको नतिजा
एथलेटिको मड्रिड २–० रायो भाएकानो 
इल्चे ०–० ग्रानाडा
डेपोर्टिभो एलाभेस १–१ सेल्टाभिगो 

अंक तालिका
 २० खेलबाट ४६ अंकसहित रियाल मड्रिड शीर्ष स्थानमा छ ।  सेभिया १८ खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा छ । 

१९ खेलबाट ३३ अंकको रियाल बेटिस तेस्रो तथा ३२ अंकबाट एथलेटिको मड्रिड चौथो स्थानमा छ । 

३१ अंकको बार्सिलोना पाँचौं स्थानमा छ । 

जितसँगै बार्सिलोना १९ खेलबाट ३१ अंकसहित पाँचौँ स्थानमा छ । पराजित मालोर्का भने समान खेलबाट १९ अंकसहित १५ औं स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ