गायक राजेश पायल राईमाथि हातपात गर्ने शेर्पाले रक्सी र खादा सगुन राखेर माफी मागे
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
869
Shares
काठमाडौं । अमेरिकाको न्यूयोर्कमा गायक राजेशपायल राईमाथि हातपात गर्ने पासाङ दावा शेर्पाले सगुन दिएर माफी मागेका छन ।
शेर्पा संस्कृतिअनुसार रक्सी र खादा सगुन दिएर उनले माफी मागेका हुन् । अंग्रेजी नयाँ बर्ष २०२२ को अवसरमा भएको कार्यक्रममा गायक राईमाथि शेर्पाले मन्चमै पुगेर दुव्र्यवहार गरेका थिए ।
उक्त घट्नाको भिडियो सामाजिक संजालमा भाइरल भएपछि शेर्पामाथि सुरक्षा चुनौति बढेको र कलाकारमाथि अपमान भएको भन्दै आयोजकमाथि प्रश्न उठेको थियो ।
तर घट्नाबारे चौतर्फी विरोध भएपछि शेर्पाले आयोजक समितिको उपस्थितिमा गायक राई समक्ष माफी मागेका हुन । राईले पनि पासाङले गल्ती स्वीकार गरेको भन्दै माफी दिएको बताएका छन् ।
‘मानिस हो मानिसबाटै गल्ती हुन्छ, गल्ती स्विकार्नु पनि महानता हो । र, उहाँ थोरै बिरामी हुनुहुन्छ । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना,’ राई फेसबुकमा लेखेका छन् । साथै, राईले आगामी दिनमा दावा शेर्पालाई गालीगलौज नगर्न पनि आग्रह गरेका छन् ।
स्टेजमा गीत गाइरहेका राईमाथि अचानक शेर्पा स्टेजमा उक्लिएर पछाडिबाट अंगालोमा लिएर लडाउन खोजेका थिए । बुद्ध ट्याक्स एकाउन्टिङद्वारा आयोजना गरिएको कार्यक्रममा हातपातको घटनापछि पनि गायक राईले केही घण्टा आफ्नो प्रस्तुति दिएका थिए ।