arrow

बाँके कांग्रेस अधिवेशन : नारायण गौडेल समूहले गर्‍यो उम्मेदवारी घोषणा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
banke-congress-gaudel.jpg

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेको सभापति पदका उम्मेदवार नारायण प्रसाद गौडेल समूहले पदाधिकारी उम्मेदवारहरूको घोषणा गरेको छ । 

पार्टी कार्यालय नेपालगन्जमा आज एक कार्यक्रमको आयोजना गरेर पदाधिकारीमा लड्ने उम्मेदवारहरूको घोषणा गरिएको हो । गौडेल समूहको चुनाव प्रचारप्रसार समिति संयोजक तथा लुम्बिनी प्रदेश कमिटी सदस्य टेकनारायण भुसालले उम्मेदवार घोषणा गरेका थिए ।

गौडेल समूहबाट उपसभापति गोपाल प्रसाद अधिकारी र राजकुमार मौर्य, सचिवमा सुधांशु कोइराला र टङ्कप्रसाद काफ्ले (आशिष्) तथा सहसचिवमा रेणु सिंह र विश्वराज लम्साल उम्मेदवार रहने घोषणा गरिएको हो । 

गौडेल समूहको चुनाव प्रचारप्रसार समिति संयोजक तथा लुम्बिनी प्रदेश कमिटी सदस्य भुसालको सभापतित्व तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश कमिटीका महामन्त्री सुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्य एवम् कांग्रेस बाँकेकी सभापति किरण कोइरालाको विशिष्ट आतिथ्यमा उम्मेदवार घोषणा गरिएको हो । 

जिल्ला सदस्यका उम्मेदवारहरूको घोषणा भने केही दिनपछि चियापान कार्यक्रम राखेर गरिने भुसाले बताए । नेपाली कांग्रेस बाँकेको जिल्ला अधिवेशन पुस २७ गते हुँदै छ । 

उम्मेदवार घोषणा कार्यक्रममा पूर्व सांसद भोला सिद्धिकी, नेपाली कांग्रेस बाँकेका सचिव तप्त पौडेल , बाँके क्षेत्र नम्बर १ प्रदेश 'ख' का सभापति बलराम शर्मा, कोहलपुर नगर सभापति वीरेन्द्र शाह , क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश कमिटीका सदस्यहरू प्रेम केसी, अञ्जना पाण्डे, नेपाली कांग्रेसका युवा नेता हुर्मत न्यौपाने, नेता चिन्तामणि धिताल, पवन कुमार शाह, क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव खुम बहादुर बस्नेत लगायतका नेताहरूको उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ