arrow

महोत्तरी कांग्रेसको क्षेत्रीय अधिवेशनका विषयमा विवाद चर्कियो, बुधबारदेखि भोक हड्ताल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २० मंगलबार
congress-mahottari.jpg

काठमाडौं । नेपाली कांग्रेस महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशनको विषयलाई लिएर विवाद चर्किएको छ । शेरबहादुर देउवा पक्षले विवाद नसुल्झाइ विधि र विधान विपरीत जिल्ला अधिवेशनको मिति निर्धारण गरेको भन्दै इतर पक्षले भोक हड्तालको तयारी गरेको छ ।

कांग्रेस महोत्तरीका पूर्वसचिव तथा निवर्तमान महासमिति सदस्य बजरंग नेपालीले भोक हड्तालको चेतावनीसहित जिल्ला कार्यसमिति, केन्द्रीय निर्वाचन समिति र पार्टी सभापति देउवालाई ज्ञापनपत्र बुझाएका छन् । २७ पुसका लागि निर्धारण गरिएको जिल्ला अधिवेशन अस्वीकार पनि गरेका छन् ।

निर्वाचनका लागि सकरात्मक वातावरण बनाउन आग्रह गर्दै उनले निर्वाचन प्रक्रिया अगाडि नबढाइ जिल्ला अधिवेशनबाट बन्चित गराउने प्रयास भएकाले पुस २१ गते बिहान ८ बजेदेखि जिल्ला पार्टी कार्यालय रहेको महेश्वरप्रसाद सिंह स्मृति भवनमा भोक हड्ताल शुरु गर्न लागेको जानकारी दिए ।

गत मंसिर १५ गते सहमति मार्फत् क्षेत्रीय अधिवेशन गर्ने सहमित भए पनि बन्द सत्रमा विवाद चर्किएपछि अधिवेशन स्थगित गरिएको थियो। अधिवेशन गराउने जिम्मा पाएका मतदान अधिकृत धीरेन्द्र मण्डलले पनि राजीनामा दिएका थिए ।

यता महोत्तरी कांग्रेसका कार्यवाहक सभापति शम्भु नारायण पाठकले पुस २० गतेभित्र क्षेत्र नम्बर ३ को स्थगित निर्वाचन प्रक्रिया अघि बढाउन माग गर्दै निर्वाचन अधिकृतलाई पत्र लेखेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ