arrow

कांग्रेसको क्रियाशील सदस्यता निरन्तर वितरण गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
eict-congress-2078-09-20b.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले पार्टीलाई सशक्त बनाउन अहिलेदेखि नै क्रियाशील सदस्यता दिन जोड गरेका छन् । ईआईसीटी नेपालले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुबीच पार्टीको महाधिवेशनअघि गरेको धारणा सर्वेक्षणको दोस्रो चरणको कार्यक्रम अन्तर्गत मंगलबार राजधानीमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुमाझ गरेको विचार सर्वेक्षण विषयगत समूह छलफलमा नेताहरुले क्रियाशील सदस्यहरु पार्टीका खम्बा भएकाले क्रियाशील सदस्यता वितरणमा जोड दिएका हुन् । 

उनीहरुले महाधिवेशन हुने बर्ष मात्र दिइने क्रियाशील सदस्यता वितरण रोकिएर निरन्तर वितरण गर्ने हो भने कांग्रेसलाई थप उर्जाशील बनाउन सकिने धारणासमेत राखेका हुन् । नेताहरुले पार्टीको आन्तरिक चुनावमा भएको प्रतिस्पर्धा धेरै नै भएको दृष्टान्त दिदै आगामी आम निर्वाचनमा पनि यस्तै उर्जासहित जनतामाझ पुग्ने हो भने कांग्रेसको बहुमत सुनिश्चित रहेको दाबी गरे ।

त्यस्तै महाधिवेशनमा विभिन्न क्लस्टरबाट युवाहरु केन्द्रीय समितिमा आउँदै गर्दा यसले पार्टी रुपान्तरणमा अझ बढी सशक्त बनाउने समेत नेताहरुले बताए । उनीहरुले ईआईसीटीले गरेको सर्वेक्षणको प्रशंसा गर्दै अहिलेको जमाना अनुसन्धानमा आधारित तथ्य तथ्याङककै भएको उल्लेख गरे । 

कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्धय बद्री पाण्डे र जीवन परियार तथा सदस्यहरु ईश्वरी न्यौपाने, उदय शम्शेर जबरा, जिपछिरिङ लामा, डा चन्द्रमोहन यादव, संजय गौतम, रमा कोइराला पौडेल, सरिता प्रसाई, प्रदीपकुमार सुनार लगायतको सहभागीता रहेको थियो । 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले यस प्रकारका सर्वेक्षणहरूले पार्टीलाई गतिशील एवं समय सापेक्ष बनाउने बताए । यसैगरी यस प्रकारका सर्वेक्षणहरू नियमित हुनुपर्नेमा उनले जोड दिएका छन् ।

ईआईसीटीले यसअघि कांग्रेसको १४ औं महाधिवेशनका लागि देशभरिका ७० वटा जिल्लाहरूबाट केन्द्रीय महाधिवेशनका लागि र्‍यान्डम विधिबाट छानिएका ९१४ प्रतिनिधिहरूलाई सर्वेक्षणमा सहभागी गराएर प्रश्न सोधेको थियो । 

महाधिवेशन प्रतिनिधिसहित जिल्लादेखि केन्द्रसम्मका निर्वाचित गरी करिब १२ सय जनासँग कुराकानी र अन्तरक्रिया गरेर एउटा पूर्ण सर्वेक्षण प्रतिवेदन तयार गरी नेपाली कांग्रेसलाई बुझाइने ईआईसीटीका कार्यकारी निर्देशक माधवप्रसाद चम्लागाईले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ