arrow

महोत्तरी कांग्रेसमा चरम विवाद: बजरंग नेपाली लगायतले शुरु गरे भोक हड्ताल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
vok-hadtal-mahotari.jpg

काठमाडौं । नेपाली कांग्रेस महोत्तरीले निर्धारण गरेको अधिवेशन अस्वीकार गर्दै स्थानीय नेता तथा कार्यकर्ताहरुले बुधबारदेखि भोक हडताल शुरु गरेका छन् ।

महोत्तरीको क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी जिल्ला अधिवेशनको मिति निर्धारण गरेको भन्दै महोत्तरी कांग्रेसले आपत्ति जनाउँदै बुधबारदेखि भोक हडताल शुरु गरेका हुन् ।

शेरबहादुर देउवा पक्षले विवाद नसुल्झाइ विधि र विधान विपरीत जिल्ला अधिवेशनको मिति निर्धारण गरेको भन्दै इतर पक्षले भोक हड्तालको तयारी थालेको थियो । कांग्रेस महोत्तरीका पूर्वसचिव तथा निवर्तमान महासमिति सदस्य बजरंग नेपालीलगायतले भोक हड्ताल थालेका हुन् ।

नेपालीले यसअघि नै अधिवेशन अस्वीकारको चेतावनीसहित जिल्ला कार्यसमिति, केन्द्रीय निर्वाचन समिति र पार्टी सभापति देउवालाई ज्ञापनपत्र बुझाएका छन् । उनले २७ पुसका लागि निर्धारण गरिएको जिल्ला अधिवेशन अस्वीकार गरेका छन् । 

निर्वाचनका लागि सकरात्मक वातावरण बनाउन आग्रह गर्दै उनले निर्वाचन प्रक्रिया अगाडि नबढाइ जिल्ला अधिवेशनबाट बन्चित गराउने प्रयास भएकाले पुस जिल्ला पार्टी कार्यालय रहेको महेश्वरप्रसाद सिंह स्मृति भवनमा भोक हड्ताल शुरु गरेका हुन् ।

गत मंसिर १५ गते सहमति मार्फत् क्षेत्रीय अधिवेशन गर्ने सहमित भए पनि बन्द सत्रमा विवाद चर्किएपछि अधिवेशन स्थगित गरिएको थियो। अधिवेशन गराउने जिम्मा पाएका मतदान अधिकृत धीरेन्द्र मण्डलले पनि राजीनामा दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ