प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानून व्यवसायीको धर्ना
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार
1.1k
Shares
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध कानून व्यवसायीहरुले विहीबार पनि धर्ना र विरोधका कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
नेपाल बार एसोसिएसनको अगुवाइमा ६८ दिनदेखि जारी आन्दोलन विहीबार पनि सर्वोच्च अदालत परिसरमा कानून व्यवसायीहरुले धर्ना दिएका हुन् ।
सर्बोच्च अदालत परिसरमा बिहान ११ बजेदेखि १२ बजेसम्म धर्नालाई निरन्तरता दिइएको हो । कानून व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
उनीहरुले जबराले गरेका विवादित फैसला संकलन गरेर त्यसको छानबिन गर्ने चेतावनी पनि दिएका छन् ।