arrow

आरजू राणाको ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार
arju-rana-deuba.PNG

काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय सदस्य डा आरजू राणा देउवाले सञ्चार माध्यममा विभिन्न सङ्घसंस्थामा आफ्नो संग्लनता भएको भनी सम्प्रेषित समाचारप्रति ध्यानाकर्षण भएको जनाएकी छन् ।  

उनले आज सामाजिक सञ्जालमार्फत ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक), साथी नेपाल, सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नामी कलेज, उल्लेन्स स्कुल र ब्लड डोनर्स एसोसिएशन अफ नेपालबाहेक अरु कुनै पनि संस्थामा सल्लाहकार अथवा अन्य कुनै पदमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ ।

उनले भनेकी छन्, “सञ्चारमाध्यममा विभिन्न सङ्घसंस्थामा मेरो संग्लनता भएको भनेर समाचार आएकामा मेरो ध्यानाकर्षण भएको छ, तल उल्लेखित संस्थाबाहेक अरु कुनै पनि संस्थामा सल्लाहकार अथवा अन्य कुनै पदमा मेरो संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु ।”



नयाँ