arrow

सिजेएनको नेतृत्व काजीलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २३ शुक्रबार
cjn news 2.jpg

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार राजधानीमा सम्पन्न ११ औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
 
अध्यक्षमा काजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । श्रेष्ठ सहकारीखबर डटकमका सम्पादक हुन् । यस्तै उपाध्यक्षमा अन्नपूर्ण पोस्ट् दैनिकका तुलसीराम सुवेदी, सचिवमा सहकारी सञ्चारका अर्जुन खतिवडा, सहसचिवमा गोरखापत्र दैनिकका भेषराज बेलवासे र कोषाध्यक्षमा रातोपाटी डटकमका पत्रकार प्रयास श्रेष्ठ निर्विरोध चयन भएका छन् । 

त्यस्तै सदस्यहरुमा मेरोलगानी डटकमका सुधा देवकोटा र विकास न्यूज डटकमका सन्तोष रोकाया चयन भएका छन् । बाँकी दुई सदस्य भने निर्वाचित कार्यसमितिको बैठकले मनोनित गर्नेछ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ