arrow

बाँकेमा बाघको आक्रमणबाट फेरि एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २४ शनिबार
tiger2019-05-29.jpeg

नेपालगञ्ज । बाँकेको राप्तीसोनारीमा बाघको आक्रमणबाट फेरि एक जनाको मृत्यु भएको छ । राप्तीसोनारी– ६ हब्रहवाकी ३० बर्षीया चाँदनी थारुको शनिबार बाघको आक्रमणबाट मृत्यु भएको हो ।

दाउरा काट्न जंगल गएकी थारुलाई बाघले आक्रमण गरेपछि उनको मृत्यु भएको हो । बाघको आक्रमणबाट विहीबार मात्र राप्तीसोनारी–४ प्रसहवाकी ५२ बर्षीया लिला विष्टको मृत्यु भएको थियो ।

यसअघि शुक्रबार पनि राप्तीसोनारी ५ का बमबहादुर पुन बाघको आक्रमणबाट जोगिन सफल भएका थिए । तर, बाघले बाख्रामाथि आक्रमण गरेको थियो । बाघले एउटा बाख्रा मारेको थियो ।

राप्तीसोनारीमै बुधबार पनि जंगलमा पात टिप्न गएका महिलालाई पाटेबाघले आक्रमण गरेको थियो । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुर नयाँ बस्तीकी ३० बर्षीया महिला दुर्गा थारुलाई बुधबार बिहान बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणमा परेपनि उनी बाँच्न सफल भएकी थिइन् ।

केही दिन अघि पनि राप्तीसोनारी ५ र ६ को जंगलमा एक जना शिक्षकलाई बाघले झम्टिएको थियो । मोटरसाइकलमा सवार उनी बाँच्न सफल भएका थिए ।

शनिबारको घटनासंगै बाघले तीन महिनाको अवधिमा बाँकेको राप्तीसोनारी र नरैनापुरमा चार जनाको ज्यान लिइसकेको छ । यी घटना दोहोरिरहेपछि राप्तीसोनारीमा त्रास बढेको छ । स्थानीयहरु त्रसित बनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ