arrow

बाँके निजामती कर्मचारी युनियनमा श्रेष्ठ निर्वाचित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
bake-nijamati-karmachari-union.jpg

नेपालगञ्ज । नेपाल निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा उद्धवप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी कृष्णप्रसाद उपाध्यायलाई ६७ मतले पराजित गर्दै श्रेष्ठ अध्यक्ष बनेका हुन् । यसअघि श्रेष्ठ कार्यवाहक अध्यक्ष थिए । श्रेष्ठले २०६ मत र उपाध्यायले १३९ मत पाएको निर्वाचन अधिकृत प्रभाकर भट्टराईले जानकारी दिए । एक जना सदस्य बाहेक सबै पदमा श्रेष्ठको प्यानल नै निर्वाचित भएको छ । 

खुला उपाध्यक्षमा बेदेश्वर गौतम १८९ मतका साथ निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी पिताम्बर आचार्यले १३९ मत पाए । समावेशी उपाध्यक्षमा सुरेन्द्रकुमार गुप्ता निर्वाचित भए । उनले १९१ मत पाउँदा दयाराम चौधरीको १५२ मत आएको छ । 

सचिवमा पवन बुढा १९४ मतका साथ निर्वाचित भएका छन् । लोकेन्द्र चन्दले १३९ मत पाए । कोषाध्यक्षमा श्यामबहादुर शाही निर्वाचित भए । शाहीले १९१ मत पाएका छन् । प्रतिद्वन्दी रमेशकुमार रेग्मीको ११५ मत आएको छ । 

यस्तै चार जना निर्वाचित हुने खुला सदस्यहरुमा दिपकुमार मल्ल, भिमबहादुर ठाडा मगर, पवनराज भट्ट  र प्रकाश पाण्डे निर्वाचित भए । ठाडा मगर भने उपाध्याय प्यानलका हुन् । 

दुई जना निर्वाचित हुने समावेशी सदस्यमा गोकुल चिडिमार  र रामकिशुन थारु निर्वाचित भए । केन्द्रीय प्रतिनिधि खुलामा नगेन्द्रबहादुर शाही, नैनबहादुर कार्की र राजेशकुमार सेन निर्वाचित भए । शनिबार बिहान १० बजेदेखि सुरु भएको मतदान ४ बजे सकिएको थियो । जम्मा ४३४ मतदातामा ३६४ मत खसेको थियो । 

शुक्रबारदेखि सुरु अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । केही पदहरुमा भने निर्विरोध भइसकेको थियो । एक जना निर्वाचित हुने महिला उपाध्यक्षमा भने दुर्गादेवी गौतमको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी थिइन् । एक सहसचिव ९युवा० मा भने काशीराम रिजालको एकल उम्मेदवारी परेकाले उनी पनि निर्विरोध भएका थिए । 

महिला महाधिवेशन प्रतिनिधिमा लक्ष्मी केसीको मात्र उम्मेदवारी पर्दा उनी निर्विरोध भएकी थिइन् । एक जना निर्वाचित हुने समावेशी महाधिवेशन प्रतिनिधिमा पनि जयन्द्र पाण्डे निर्विरोध भएका थिए । नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई निजामती कर्मचारी युनियन नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष जागेश्वर बस्नेत, राजेश सेनसहितको स्वास्थ्यकर्मी संघ, राप्तीसोनारी गाउँपालिकाका युनियन अध्यक्ष गौरव लामिछाने सहितका नेताहरुको समर्थन रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ